काभ्रे (धुलिखेल) – विप्लव समूहका नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ । शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताए । यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ पु¥याइएको थियो ।

रिहाइ लगत्तै  नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए ।


तपाईको प्रतिक्रिया