काभ्रे (धुलिखेल) – जिल्लामा आज एक जना संक्रमित कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । एक संक्रमित संक्रमणमुक्त भएसँगै काभ्रेमा अब ६ जना सक्रिय संक्रमित रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार सबै सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा १ जना पुरुष र धुलिखेल नगरपालिकामा १ जना महिला र ४ जना पुरुष गरी ६ जना सक्रिय कोरोना संक्रमित रहेको प्रमुख डा. झाले बताए । जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३३ सय ५३ रहेको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार हालसम्म्म जिल्लाका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


तपाईको प्रतिक्रिया