काभ्रे (धुलिखेल) – बहुबिवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीलाई प्रहरीले धुलिखेल नगरपालिका वडा नं ११ स्थित पातलेखेतबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

फैसला कार्यन्वयनको सिलसिलामा सम्मानित अदालतबाट प्राप्त लागतहरुमा उल्लेखित फरार रहेका प्रतिवादीहरुको खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएकोप्रहरी अधिकृत सहितकोटोलीले लगत नं.११८०, जिल्ला अदालत काभ्रेपलाञ्चोकको फैसलाको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए ।

उनका अनुसार काभ्रेपलाञ्चोक जिल्ला स्थित पात्लेखेत ४ हाल धुलिखेन नगरपालीका वडा नं ११ बस्ने बोध वहादुर भुजेलको श्रीमती रजनी भुजेल विष्टलाई लुकीछिपी बसीरहेको अवस्थामा फेला पारी तत्काल कानुन बमोजिम पक्राउ गरी कैद तथाजरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रे बुझाईएको छ । कानुन अनुसार प्रतिवादीलाई ११ महिना १७ दिन कैद भुक्तानि सजाय तोकिएको छ ।


तपाईको प्रतिक्रिया