काभ्रे (सर्स्युखर्क) – जिल्लाको तेमाल गाउँपालिका वडा नं १ सर्स्युखर्कमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण कार्यक्रम संचालन हुने भएको छ ।

वडा नं १ सर्स्युखर्क कार्यलयको आयोजनामा यहि फागुन २२ गते शनिबारका दिन शिविर संचालन हुने वडा अध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि ४ बजेसम्म सामुदायिक स्वास्थ्य इकाई भवन सर्स्युखर्कमा संचालन हुने शिविरमा जनरल स्वास्थ्य परिक्षण तथा परामर्श, प्रेसर तथा सुगर जाँच साथै निःशुल्क औषधि वितरण गरिनेछ ।

शिविरमा आउने सबै जेष्ठ नागरिक हुने भएको हुँदा जान आउन गाडिको पनि व्यवस्था गरिएको वडा कार्यालयको जानकारी छ । शिविरमा आउँदा वृद्धभत्ता कार्ड वा नागरकता लिएर आउन वडा अध्यक्ष श्रेष्ठले अनुरोध गरे ।


तपाईको प्रतिक्रिया