काभ्रे (धुलिखेल) – सार्वजनिक स्थलमा हुने यौनजन्य दुव्र्यवहार न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले विशेष अभियान स्वरुप सेफ्टी पिन क्याम्पेन सञ्चालन गरेको छ । महिला तथा बालबालिका माथि सार्वजनिक स्थानमा हुने दुव्र्यवहार विरुद्ध पीडित तथा प्रभावित नागरिकलाई सचेत गराउन अभियान स्वरुप कार्यालयले सेफ्टी पिन क्याम्पेन सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

विशेष गरेर सार्वजनिक यातायात, सार्वजनिक स्थल, कार्यालय लगायतका क्षेत्रमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहार, यौनजन्य आशयले महिला तथा बालबालिकाहरुको अंगमा छुने तथा छुन प्रयास गर्ने अश्रिलल तथा यौनजन्य आशय प्रर्दशन गर्ने, यौनजन्य आशयले जिस्क्याउने तथा हैरानी दिने लगायतका गतिविधि न्यूनिकरणका लागि उक्त अभियान सञ्चालन गरिएको कार्यालयको महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सार्वजनिक स्थान र सार्वजनिक यातायातलाई भयरहति, सुरक्षित, मर्यादित एवंम यौनजन्य दुव्र्यवहारमुक्त बनाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय काभ्रेले यौनजन्य दुव्र्यवहार विरुद्धको विशेष अभियान स्वरुप सेफ्टी पिन क्याम्पेन सञ्चालनमा ल्याइएको हो ।
कार्यालयले अहिले विशेष गरेर सार्वजनिक यातायातका चालक, सह–चालक, यात्रुहरुलाई यौनजन्य दुव्र्यवहार विरुद्धको सचेतनामूलक ब्रोसर वितरण गर्दै उक्त कार्य अन्र्तगतका कानुनी कावार्हीका बारेमा पनि सचेत गराइरहेको केन्द्रको जानकारी छ ।

नेपालको संविधान २०७२ को धारा ३८को ३ अनुसार महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारिरिक, मानसिक यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य वा शोषण गर्नु दण्डनिय हुनेछ । उक्त कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैँयासम्म जरिवाना हुने कानुनमा उल्लेख छ ।

माघ महिनाबाट सञ्चालन गरेको क्याम्पेन कार्यक्रम विशेष गरेर जिल्लाको बजारी क्षेत्र, बस पार्क लगायतका स्थललाई केन्द्रित गरिएको छ । केन्द्रले आम नागरिकलाई यौनजन्य दुव्र्यवहार विरुद्ध सचेत गराउनुको साथै कार्यक्रमबारे प्रतिक्रिया पनि लिइरहेको छ ।

 

 

 


तपाईको प्रतिक्रिया