काभ्रे (नमोबुद्ध) – रेयुकाई आँखा अस्पतालले जिल्लाको नमोबुद्ध नगरपालिकामा निःशुल्क आँखा शिविर संचालन गरेको छ । आज (सोमबार) बाट आँखा शिविर सुरु भएको पहिलो दिन आजै १ सय ९८ जनाले सेवा लिएका छन् ।

रेयुकाई आँखा अस्पताल बनेपाको प्राबिधिक सहयोगमा नमोबुद्ध नगरपालिका, लियो तथा लाइन्स क्लब अफ काठमाडौ, टेम्पल चन्डेश्वरीको आयोजनामा र काभ्रेपलान्चोक च्याम्बर अफ कमर्सको सह-आयोजनामा उक्त शिविर संचालन भएको हो ।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा नमोबुद्ध नगरपालिका–८, पिपल्टारमा भएको नि:शुल्क आँखा शिविरमा  १९८ जना बिरामीहरुले आँखा सम्बन्धि उपचार लिएका हुन् ।

शिविरमा आएकामध्ये १९ जनालाई चस्मा वितरण गरिएको छ भने २२ जनालाई भकुण्डेमा रहेको रेयुकाई अस्पतालमा मोतियाबिन्दुको निःशुल्क अप्रेसन गरिने आयोजकले जनाएको छ । आजबाट सुरु भएको शिविर फागुन २९ गतेसम्म नमोबुद्ध नगरका विभिन्न स्थानमा संचालन हुनेछ।


तपाईको प्रतिक्रिया