काभ्रे (धुलिखेल) – जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका सबै संक्रमित धुलिखेल नगरपालिकाको रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै अहिले जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३३ सय ५३ पुगेको छ ।

जिल्लामा अहिले बनेपा नगरपालिकामा १ जना महिला र १ जना पुरुष र धुलिखेल नगरपालिकामा १ जना महिला र ४ जना पुरुष गरी ७ जना सक्रिय कोरोना संक्रमित रहेको प्रमुख डा. झाले बताए । सबै सक्रिय कोरोना संक्रमित होम आईसोलेसनमा रहेको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार जिल्लाका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


तपाईको प्रतिक्रिया