काभ्रे (नमोबुद्ध) – जिल्लाको नमोबुद्ध नगरपालिकाले नगरस्तरीय युवा प्रतिभाको खोजी तथा प्रोत्सहान प्रतियोगितामा सहभागी हुन युवाहरुलाई आहवान गरेको छ । सो सहभागीताका लागि नगरपालिका स्तरमा सहभागी छनौट गरी जिल्ला स्तरको सहभागीताका लागि १६ वर्षदेखि २४ वर्ष उमेर समूहका युवाहरुलाई नगरपालिकाले सूचना प्रकाशित गरेको छ ।

‘सम्बृद्ध राष्ट्र निर्माणमा युवाका विचारहरु’ शीर्षक लेखन प्रतियोगित फाल्गुण २३ गते हुने भएकाले ईच्छुक व्यक्तिहरुले फाल्गुण २२ गते छनौट कार्यक्रममा सहभागीताका लागि ‘युवा प्रतिभाको खोजी तथा प्रोत्सहान कार्यक्रम सञ्चालन समबन्धी कार्यप्रक्रिया २०७७’ को अनुसूची १ बमोजिमको ढाँचा अनुसार निवदेन पेश गर्न नगरपालिकाले आहवान गरेको छ ।


तपाईको प्रतिक्रिया