काभ्रे (तेमाल) – जिल्लाको तेमाल गाँउपालिका वडा नम्बर ९ पालुघाटमा ओम निर्माण हुने भएको छ । एक कार्यक्रमको आयोजना गरि संविधान सभा सदस्य तथा पुर्व सांसद तिर्थ लामाले ओम छ्योर्तेन निर्माण कार्यको शुभाराम्भ गरेका हुन् ।

पालुघाट लगायत वरिपरिका गाउँहरुमा मृत्यु भएकाहरुको नाममा ओम निर्माण गर्न लागिएको ओम निर्माण समितिका अध्यक्ष छेटुप लामाले बताए । उनका अनुसार अनुसार तेमाल गाउँपालिका र स्थानीयको आर्थिक सहयोगमा ओम निर्माण हुन लागेको हो । आगामी वैशाख सम्ममा ओम निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।


तपाईको प्रतिक्रिया