काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।

दुई टिमबीचको खेल अपरान्ह १२ : १५ बजे सुरु हुनेछ ।  दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । लिगमा सातदोबाटो ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । खुमलटार १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले टुसाल युथ क्लबसँग खेल्नेछ । मध्यपुर र टुसालबीचको खेल अपरान्ह ३ :३० बजे सुरु हुनेछ ।दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । मध्यपुर १ अंक जोडेर पुछारमा रहेको छ । टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।


तपाईको प्रतिक्रिया