काभ्रे (नमोबुद्ध) – बेरोजगार व्यक्तिलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन नमोबुद्ध नगरपालिका वडा नम्बर ४ ले आग्रह गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने रोजगारीमा संलग्न हुन वडा अध्यक्ष उद्धब प्रसाद काफ्लेले अनुरोध गरे ।

उनका अनुसार एक सय दिन बराबरको न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निमार्णको काममा सहगागी हुन सक्ने छन् । रोजगारीका लागी फागुन २९ गते सम्म ईच्छुक बेरोजगार व्यक्तिहरुले वडा कार्यालयमा आवश्यक कागजात सहित निवेदन दिन सक्ने वडा अध्यक्ष काफ्लेले बताए ।


तपाईको प्रतिक्रिया