काभ्रे (बनेपा) – सर्वोच्चले आज संसद् विघटन बदर गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले देशका विभिन्न ठाउँमा खुशीयाली मनाउँदै मैनबत्ती प्रज्ज्वलन गरेको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडाैंको शान्तिवाटिका र माइतीघर मण्डलामा मैनबत्ती प्रज्ज्वलन गरिएको छ । त्यस्तै संसद् पुनःस्थापना भएको खुशीयालीमा प्रचण्ड–नेपाल पक्षले बनेपाको चारदोवाटो, पनौती, पाँचखाल तथा धुलिखेलमा मैनबत्ती प्रज्वलन गरी फैसलाको स्वागत गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुशीयालीमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीले मैनबत्ती प्रज्ज्वलन गरेका हुन् ।

 

 


तपाईको प्रतिक्रिया