काभ्रे (धुलिखेल) – लागु औषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर जिल्ला अदालतबाट लागु औषध मुद्दामा २ वर्ष कैद र १ लाख जरीवाना तोकिएका फरार प्रतिवादी जिल्ला प्रहरी कार्यलय काभ्रेले पक्राउ गरेको हो । रोशी गाउँपालिका वडा नं ११ का २९ वर्षिय राजिव भन्ने मणिराज श्रेष्ठलाई लुकिछिपी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यलय काभ्रेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

श्रेष्ठलाई २०७१ फागुन १९ गते भक्तपुर जिल्ला अदालत भक्तपुरले उक्त फैसला गरेको थियो । उनलाई पक्राउ गरी कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रे धुलिखेलमा पेश गरीएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।


तपाईको प्रतिक्रिया