काभ्रे (बनेपा) – बनेपा हेल्थकेयरले बनेपा नगरपालिका अन्र्तगत रहेका स्वास्थ्य चौकीहरुलाई शुद्ध पानी पिउनका लागी डिस्पेन्सर मेशिन प्रदान गरेको छ । हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेलाई एक कार्यक्रमबिच उक्त डिस्पेन्सर हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख बादेले सहयोगी संस्थालाई धन्यबाद दिदै नगरपालिकाले मात्र नभई सम्पूर्ण संघ संस्था, नगरवासीहरु मिली नगरबासीहरुको विकास गर्न सकिने बताए । कोरोनाको महामारीमा समेत नगरलाई सम्पुर्ण नगरबासीहरुको सहयोग रहेको हुदाँ नगरपालिकाले गर्नुपर्ने कर्तव्य गर्ने बताए ।

सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य चौकीमा आएका सेवाग्राहिहरुले शुद्ध पानी खाने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको बनेपा हेल्थ केयरका निर्देशक थापाले बताए।  त्यस्तै संस्थाले शैक्षिक क्षेत्रमा पनि स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

निर्देशक थापाका अनुसार संस्थाले स्वास्थ्यको क्षेत्रमा निरन्तर सक्रिय रहेको र जिल्लाका विद्यालयहरुलाई निःशुल्क स्वास्थ्य सामग्री वितरण गरिरहेका छ ।बेलर किड्स क्यासल बनेपा, काभ्रे इङ्गलिस मावि पनौतीलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मास्क, स्यानीटाइजर, फेस सिल्ड, पन्जा, फस्र्ट एड बक्सहरु विद्यालयहरुलाई वितरण गरेको निर्देशक थापाले बताए ।

बनेपा हेल्थ केयरले यसअघि बनेपाको बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पस र बनेपाको बिद्या सागर स्कुल, सिद्धार्थ स्कुल र ज्ञानकुञ्ज स्कुलमा स्वास्थ्य सामाग्री वितरण गरेको र आगामी दिनमा पनि अन्य शैक्षिक संस्थाहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने योजना उनले सुनाए ।


तपाईको प्रतिक्रिया