काभ्रे (भुम्लु) – जिल्लाको भुम्लु  गाउँपालिकाका सबै विद्यालयमा गुणस्तरीय सेनिटाइजर वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले आईतबार पालिकाका सबै विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई गुणस्तरीय सेनिटाइजर वितरण गरेका हुन् ।

विद्यार्थीलाई सेनिटाइजर वितरण गर्दै भुम्लु गाउँपालिको सबै बालबालिकाहरु शिक्षकहरुको स्वास्थ्य शिक्षा र गुणस्तरीय शिक्षाको लागि सधैंभरि गाउँपालिका सचेत रहेको  र जस्तोसुकै सहयोग गर्न तयार रहेको अध्यक्ष कुँवरले बताए ।

स्वच्छता सामाग्री वितरण कार्यक्रम अन्र्तगत वाटरएड सिभिक फोरमको सहयोग, भुम्लुको प्रतिनिधि नबिना गिरीको समन्वय र गाउँपालिकाका प्रमुख अतिथि अध्यक्ष गुमानध्वज कुँवरको विशेष उपस्थितिमा विद्यार्थीहरुलाई गुणस्तरीय सेनिटाईजर ५०० मिलिमिटर २ वटाको दरले वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।


तपाईको प्रतिक्रिया