न्युजिल्याण्ड भ्रमणका लागि बंगलादेशले क्रिकेट टिमको घोषणा गरेको छ । बंगलादेशले न्युजिल्याण्डसँगको सिरिजका लागि २० सदस्सीय टिमको घोषणा गरेको हो ।

बंगलादेशले घोषणा गरेको टिममा एक खेलाडी पहिलो पटक टिममा परेका छन् । लेफ्ट आर्म स्पिनर नासुम अहमेद पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।बंगलादेशले मार्चमा न्युजिल्याण्डसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।

बंगलादेशी टिम फेब्रुअरी २३ मा न्युजिल्याण्ड प्रस्थान गर्ने छन् । एजेन्सी


तपाईको प्रतिक्रिया