इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ । प्रिमियर लिगको लिग लिडर सिटीले आर्सनलसँग उसैको मैदानमा खेल्नेछ । सिटी र आर्सनलबीचको खेल राति १० : १५ बजे सुरु हुनेछ ।

आर्सनलविरुद्ध मैदान उत्रदा सिटी जित निकाल्ने योजनामा हुनेछ । सिटी आर्सनललाई हराउँदै उपाधि होड बलियो बनाउन चाहन्छ । तर, बलियो टिम आर्सनलविरुद्ध जित निकाल्न सिटीलाई सहज भने हुने छैन । सिटी २६ खेलमा ५६ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।

आर्सनल ३२ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ । आर्सनल घरेलु मैदानमा सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ । लेष्टर सिटीले एस्टन भिल्लासंग खेल्नेछ । एजेन्सी


तपाईको प्रतिक्रिया