स्पेनिस ला लिगा फुटबलमा आज उपाधि दाबेदार बार्सिलोनाले काडिजसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाले घरेलु मैदानमा काडिजसँग खेल्नेछ। बार्सिलोना र काडिजबीचको खेल साँझ ६ : ४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा बार्सिलोना सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । बार्सिलोना २२ खेलबाट ४६ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । घरेलु मैदानमा जित निकाल्दै बार्सिलोना शीर्ष दुई टोलिमाथि दबाब कायम राख्न चाहन्छ ।

काडिज २४ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।बार्सिलोनालाई हराएर काडिज पनि अंक तालिका सुधार गर्न चाहन्छ । ला लिगा अन्तर्गत नै रियल सोसीडाडले डिपोर्टिभो अल्भेससँग खेल्नेछ । यस्तै ग्रानडाले हुएस्कासँग खेल्नेछ । एजेन्सी


तपाईको प्रतिक्रिया