काभ्रे (मण्डनदेउपुर) – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा वडा नं १० स्थित आँपघारीमा घुम्ती बाली शिविर सञ्चालन हुने भएको छ । चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा वडा नं १० आँपघारीमा १ दिने घुम्ती बाली शिविर हुन लागेको हो ।

घुम्ती बाली शिविर फागुन ११ गते मंगलबार बिहान १०ः०० बजेदेखि संस्थाको कार्यालय आँपघारीमा हुने भएको छ । संस्थाले घुम्ती बाली शिविरमा संस्थाका कृषक समूहका सदस्यहरुले आफ्ना बालीमा देखिएका विविध समस्याहरुलाई शिविरमा ल्याई निवारण तथा नियन्त्रणका विधिहरुको जानकारी लिनको लागि अनुरोध गरेको छ । सबै कार्यक्षेत्रमा घुम्ती बाली शिविर गर्ने योजना रहेको संस्थाले बताएको छ ।


तपाईको प्रतिक्रिया