काभ्रे (धुलिखेल) – भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति काभ्रेको औपचारिक सुरुवात भएको छ । आज (बिहीबार) जिल्ला सदरमुकाम धुलिखेलमा आयोगको कार्यालय उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम गरी सुरुवात गरिएको हो ।

कार्यक्रममा पुर्वमन्त्री गोकुल बास्कोटाले सबै नागरिकलाई भुमिको मालिक बनाउने राज्यको नीति रहेकाले पक्ष विपक्षमा नलागी न्यायपुर्ण काम गर्न आयोगलाई निर्देशन दिएका छन् । वर्षौदेखीको समस्या समाधान हुन लागेको भन्दै उनले कुनै बहानामा काममा अलमल गर्ने छुट आयोगलाई नरहेको समेत बताए ।

यस्तै भुमि आयोगका जिल्ला अध्यक्ष रामकृष्ण हुमागाँइले संविधान र आयोगको अधिकारभित्र रहेर भुमिहीन सुकुम्बासीलाई जग्गा दिलाउने बताएका छन् ।


तपाईको प्रतिक्रिया