काभ्रे (धुलिखेल) – कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्र्तगत काभ्रेमा आज ८ सय ४५ जनाले लगाएका छन् । धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरी आज ८ सय ४५ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दोस्रो चरणको खोप कार्यक्रममा लक्षित समूह अन्र्तगतका पहिलो चरणमा छुट भएका स्वास्थ्य मातहातका व्यक्तिहरु १ सय ८ जना, स्थानीय पालिका जनप्रतिनिधि तथा अन्य कर्मचारी २ सय ३ जना, निजि सेवाका कर्मचारीहरु १ सय ३६ जना, जनपथ प्रहरी ९९ जना, खोप केन्द्रमा खटिएका सशस्त्र प्रहरी ७२ जना, बैंक तथा वित्तिय संस्थाका कर्मचारी १ सय ५८ जना, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारी ३० जना , न्याय सेवा समूहका कर्मचारी ८ जना, र ११ जना पत्रकार ५ गरी आज ८ सय ४५ जनाले कोरोना विरुद्धको खोप लगाएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा दोस्रो चरणको खोप कार्यक्रममा २ हजार १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

कोरोना खोपका लागि अनुमित पाएको जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पालमा कोरोना विरुद्धको खोपको दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ । यस अघि जिल्लामा पहिलो चरणको कोरोना विरुद्धको खोप कार्यक्रममा ३४ सय ९४ जनाले खोप लगाइसकेको कार्यालयको जानकारी छ ।


तपाईको प्रतिक्रिया