काभ्रे (धुलिखेल) – जिल्ला अदालत, काभ्रेले विभिन्न समयमा कैद सजाय तथा जरिवाना फैसला गरेको २ फरार प्रतिवादी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी  कुमार विक्रम थापाका अनुसार उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा वन पैदावर हानी नोक्सानी मुद्दाका मण्डनदेउपुर नगरपालिका वडा नं.१ बस्ने कान्छा बि.क.को छोरा वर्ष ३५ को बिल बहादुर बिक रहेका छन् । उनलाई जिल्ला अदालत काभ्रेले मिति २०७२ भदौ २७ गते २४ हजार २ सय रुपैयाँ जरिवाना र १ महिना १८ दिन कैद सजायँको फैसला सुनाएको थियो । सोही दिनदेखि उनी फरार रहेका थिए ।

त्यसैगरि सवारी दुर्घटनाबाट अंगभंग मुद्दाका मण्डनदुउपुर नगरपालिका वडा नं.२ बस्ने रामचन्द्र तामाङको छोरा वर्ष २८ को रबिन घिसिङ रहेका छन् । उनलाई पनि मिति २०७३ साल मंसिर २१ का दिन जिल्ल अदालत काभ्रेले १० हजार रुपैयाँ जरिवाना सजयाँ फैसला गरेको थियो । घिसिङ पनि त्यहींदिनदेखि फरार रहेका थिए ।

सूचना अधिकारी थापाका अनुसार अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरी टोलीले आ–आफ्नै वडाबाट पक्राउ गरेको थियो । उनीहरुलाई बुधबार नै कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको थापाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया