काभ्रे (पाँचखाल) – जिल्लाको पाँचखाल नगरपालिकाले बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि अनुरोध गरेको छ । प्रधानमन्त्रि रोजगार कार्यक्रममा सहभागी गराउनको लागि नगरपालिकाका बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि अनुरोध गरेको नगरपालिकाका योजना शाखाका प्रमुख राजेश बञ्जाराले जानकारी दिए ।

उनका अनुसार बेरोजगार व्यक्तिको नाम सूचिकरण गराएकाहरुलाई आर्थिक वर्ष २०७८/७९ मा एक सय दिन बराबरको रोजगार कार्यक्रममा सहभागि गराइनेछ । पालिकाले एक सूचना जारी गर्दै पालिकाका बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि निवेदन दिन अनुरोध गरेको हो ।

यस कार्यक्रममा सहभागी हुन ईच्छुक १८ देखी ५९ बर्ष उमेर समूहका व्यक्तिले सम्बन्धित वडा कार्यालयमा फागुन मसान्तसम्म निवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

 

 

 

 

 


तपाईको प्रतिक्रिया