काभ्रे (नमोबुद्ध) – कृषकहरुले उत्पादन गरेका ताजा तरकारी तथा विउले उपयुुक्त मुल्य नपउनु, बीचमा बिचौलियको मनोमानी मुल्यमा बिक्रि गर्नु पर्ने अवस्था आउनु र समयमै कृषकले भुक्तानी नपाउँनु जस्ता समस्याले स्थानीय कृषकमा नैराश्यता देखिन्छ ।

यस्तो अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित ठाउँको सहकारी,कृषक समूह वा कृषक संजालमार्फत संकलन तथा बिक्रीवितरणको स्थिती निर्माणमा सहयोग गर्न एसिया एडको आर्थिक सहयोगमा संचालित सिप्रेडको स्पिड फर लाइफ परियोजना अन्तरगत चौथो चरणको कार्यक्रम बजारीकरण सम्बन्धि अभिमुखिकरण तालिम काभ्रेको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीमा सम्पन्न भएको छ ।

विगतदेखि नै तरकारी तथा फलफूलको बजारीकरणमा समस्या बेहोर्दे आएका कृषकहरु बजारीकरणबारे तालिम पाएपछि उत्साहीत बनेका छन् । ‘हामी विगतदेखि स्थानीय ठेकेदार तथा विचौलियाको मनोमानीमा पर्दे आएको सन्दर्भमा अहिले भने हौसला मिलेको छ,अब हामी कृषक संजाल मार्फत आफ्ना उत्पादनको उचि मुल्य प्राप्त गर्ने व्यवहारिक कोशिषमा लाग्नेछौं,’तालिममा सहभागी नमोबुद्ध ४ का कविता भुजेलले भनिन् ।

‘सबै भन्दा पहिले हामिले बजारीकरणको ४ वटा पिलरलाई राम्रोसँग बुझ्न जरुरी छ । ‘चार खम्बा लाई बलियो बनाउने हो भने बजारीकरण गर्न कुनै समस्या आउँदैन,’ तालिमका प्रशिक्षक नन्दकिशोर मण्डलले भने । सुरुमा ग्राहकको वर्गीकरण गर्नुपर्छ सोही अनुरुप सहकारी वा कृषक समूहले योजना बनाई कार्य गरेमा उत्पदनकर्ता समस्यामा पर्ने अवस्था नआउने उनले बताए ।

गत आइतबार र सोमबार भएको तालिममा तेमाल गाउँपालिका वडा नं.१ र २ का १० जना र नमोबुद्ध नगर पालिकाका १२ जना गरि २२ जना अगुवा कृषकहरुको सहभागिता रहेको नमोबुद्ध नगरपालिकाका सिप्रेड प्राविधिक धुर्व राईले जानकारी दिए ।


तपाईको प्रतिक्रिया