काभ्रे (भुम्लु) – जिल्लाको भुम्लु भुम्लुमा गाउँपालिकाले एक सय भन्दा धेरै योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ। यसआर्थिक वर्ष २०७७÷७८ मा एक सय वटा भन्दा धेरै योजना सम्पन्न हुने गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार हाल सम्म पालिकाको अनुगमन समितिले ८ वटा साना योजनाको अनुगमनको काम सम्पन्न गरिसकेको छ । यसैगरी २ वटा योजनाको भुक्तानी समेत भइसकेको छ । गाउँपालिकाले उपभोक्ता समिति मार्फत गरिने कामको अनुगनलाई प्राथमिकतामा राखेको उनले बताइन् ।

टेन्डर प्रक्रिया मार्फत हुने कामको पनि नियमित अनुगमन भइरहेको छ । पालिकाले चरणबद्ध रुपमा अनुगमन गरेकाले थप प्रभावकारी भइरहेको छ भने अनुगमन समितिले छड्के जाँचलाई तिब्र बनाइएको गाउँपालिकाको जानकारी छ ।


तपाईको प्रतिक्रिया