काभ्रे (चौरीदेउराली) – जिल्लाको चौरीदेउराली गाउँपालिकाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ । वडा नम्बर २ का फूलमती थापा मगरलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको वडा अध्यक्ष दिनेश तामाङले बताए ।

हिजोदेखी फूलमतीलाई सुत्केरी बेथा लागेपनि सुत्केरी हुन नसकेपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरी काठमाडौंको थापाथली प्रसुती गृहको आकस्मिक कक्षमा उपचार भइरहेको नाग्रे गगर्चे स्वास्थ्य चौकीका प्रमुख बद्री भण्डारीले जानकारी दिए ।

उनका अनुसार मगरलाई वडामै रहेको महिला तथा बालविकास केन्द्र सामुदायिक अस्पतालमा लगिए पनि त्यहाँ सुत्केरी गराउन नसकिएपछि आमा र बच्चाको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।


तपाईको प्रतिक्रिया