पाकिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रीकाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । दक्षिण अफ्रीकाका लागि रिजा हेन्ड्रिक्स र पिटी भान बिल्जोनले समान ४२ रन बनाए । डेभिड मिलरले अविजित २५ रन बनाए ।पाकिस्तानका शहिन साह अफ्रिदीले २ लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फहिम आश्रफले अविजित ३० रन बनाए ।

दक्षिण अफ्रीकाका ड्वेन प्रिटोरिओसले ५ २ विकेट लिए । यस जितसँगै दक्षिण अफ्रीकाले ३ खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई ३ रनले हराएको थियो । एजेन्सी


तपाईको प्रतिक्रिया