काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षण आजबाट सुरु हुने जनाएको छ ।

टिमको प्रशिक्षण टियु क्रिकेट मैदानमा हुनेछ । क्यानले दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।यस अघि क्यानले पहिलो चरणको प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएको थियो ।

मुख्य प्रशिक्षक डेभ वाटरको नेतृत्वमा नेपाली टिमले तयारी गर्नेछ । नेपालले टिमको तयारी गरेपनि अन्तर्राष्ट्रिय खेल भने तत्काल खेल्ने छैनन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज पनि स्थगित भईसकेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को सूचना नआएसम्मको लागि ओमानमा हुने सिरिज स्थगित भएको जनाएको छ । सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।


तपाईको प्रतिक्रिया