इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै नापोली लिगको चौंथो स्थानमा उक्लिएको छ । नापोलीले २१ खेलमा ४० अंक जोडेको छ । युभेन्ट्स ४२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा लिग लिडर एसी मिलान स्पेजियासँग पराजित भएको छ । मिलानलाई स्पेजियाले २-० ले हराएको हो । मिलान ४९ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । एजेन्सी


तपाईको प्रतिक्रिया