जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड होफेनहाइमसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा डर्टमण्डका लागि जाडोन सान्चो र अर्लिङ हालाण्डले एक एक गोल गरे । होफेनहाइमका मुनास डाब्बुर र आइलेस बेबुले एक एक गोल गरे ।

खेलको २४ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा मुनासले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

५१ औं मिनेटमा बेबुले गोल गर्दै होफेनहाइमलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई हारबाट जोगाए ।

यस बराबरीसंगै डर्टमण्डले २१ खेलमा ३३ अंक जोडेको छ । डर्टमण्ड लिगको छैटौं स्थानमा रहेको छ । २३ अंक जोडेको होफेनहाइम १२ औं स्थानमा रहेको छ । एजेन्सी


तपाईको प्रतिक्रिया