काभ्रे ( नमोबुद्ध) – जिल्लाको नमोबुद्ध नगरपालिकाले बालविवाह न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

कुरिति तथा हानिकारक परम्परा अन्र्तगतको बालविवाह रोकथामका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उप–प्रमुख रामदेवी तामाङ्गले बताइन् । १८ बर्ष नपुग्दै विवाह हुने परम्परा बढ्दै गरेको तथा बालबालिकाहरु आधारभुत अधिकारबाट बञ्चित भएको, वालविवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा, यौनजनय हिंसा, बालश्रम,बेचबिखनजस्ता थप हिंसा बालिका र महिलाहरु प्रभावित हुन पुगेको भन्दै बालविवाह विरुद्धको सचेतना सम्बन्धि अभिमुखकिरण कार्यक्रम आयोजना गरिएको नमोबुद्ध नगरपालिकाका महिला तथा बालबाकिा उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिईन ।

कार्यक्रममा समुदाय स्तरमा महिला ४६८ जना र पुरुष सहकर्मीहरु ७२ जना गरी जम्मा ५४० जना सहभागि भएका थिए । त्यस्तै विधालय स्तरमा छात्रा ४७१ जना र छात्र ४३२ जना गरी जम्मा ९२९ जना सहभागि भएका थिए । सहभागिहरुलाई नगरका उपप्रमुख रामदेवी तामाङ्ग, उपसचिव जनार्दन रिजाल, महिला नेतृ पवित्रा भुर्तेल, वडा अध्यक्षहरु रामकृष्ण उपाध्याय, सञ्जिव ढकाल, कुलप्रसाद न्यौपाने, कृष्णबहादुर लामा, महिला संस्थाका अध्यक्ष देवकी दाहाल, उपशाखा प्रमुख तारादेवी सुनुवार लगायतले सहजीकरण गरेका थिए ।


तपाईको प्रतिक्रिया