काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाले फलफुलका बगैंचा स्थापनाका लागी ६० प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्किृत कार्यक्रम अनुसार ६० प्रतिशत अनुदानमा उच्च मुल्यका व्यवसायीक फलफुलका वगैचा स्थापनाका लागी फलफुलका विरुवा उपलव्ध गराइने नगरपालिकाका कृषि तथा पशुपक्षिं शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार यसरी उपलव्ध गराइने विरुवा कम्तीमा १ रोपनी क्षेत्रफलमा लगाउने व्यवस्था गरिने छ । अनुदानमा उपलव्ध गराइने विरुवा निवेदन अएका व्यक्तिबाट नै छानिने छ ।

जसमा नगरपालिकाका वास्तविक किसान, विपन्न र दलित समूदाय लगायतलाई समावशे गरिनेछ भने वडाबाट आएको सिफारिसको आधारमा नै नगरपालिकाले छनौट गर्ने बताइएको छ ।


तपाईको प्रतिक्रिया