काभ्रे (बनेपा) – नेपाली काँग्रेस काभ्रेले तामाङ समुदायको नयाँ वर्ष एवं २८५७ औं लाङ (म्हे) ल्हो सोनाम ल्होछारको पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापानको आयोजना गरेको छ ।

बनेपाको पञ्कन्या बैंक्विटमा आयोजना भएको कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका पदाधिकारी, क्षत्रीय सभापति, जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ एवं शुभेच्छुक संघसंस्थाका विभिन्न तह र तप्काका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रस काभ्रेका सभापति मधु आचार्यले संस्कृतिको जगेर्नाको लागि सोनाम ल्होछारको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष जगत बराम, प्रदेशसभा सदस्य एवं नेकपाका नेता लक्ष्मण लम्साल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललगायतले मन्तब्य राखेका थिए ।


तपाईको प्रतिक्रिया