काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुको निःशुल्क परीक्षण गर्न सुरु गरेको छ । नगरपालिकाले बिरामीहरुका लागि निःशुल्क परीक्षण परामर्श र औषधि समेत बितरण सुरु गरेको पालिकाको स्वास्थ्य शाखाका प्रमुख परुषोतम तिमल्सीनाले बताए ।

उनका अनुसार वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारी सँगको समन्वयमा मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको हो । हरेक महिनाको दोश्रो शनिबार पनौती स्वास्थ्य चौकीमा र अन्तिम बिहीबार कुशादेवी स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्य समस्या भएका विरामीहरुको परीक्षण,परामर्श र औषधि वितरण गर्न सुरु गरिएको शाखाका प्रमुख तिमल्सीनाले जानकारी दिए ।

बिरामीहरुको परीक्षण र औषधि बितरणको पहिलो दिन कुशादेवी स्वास्थ्य चौकीबाट ९२ जनालाई सेवा प्रदान गरिएको नगरपालिकाको जानकारी छ ।


तपाईको प्रतिक्रिया