काभ्रे (रोशी) – जिल्लाको रोशी गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा सुन्तालाका विभिन्न जातका बिरुवा गरिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा सुन्ताला जातका फलफुलका बिरुवा वितरण गर्न लागिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

उनका अनुसार फलफुल बिरुवा रोपण तथा फलफुल खेति प्रर्बद्धन कार्यक्रम अनुसार सुन्तला, कागती र जुनारका बिरुवा अनुदानमा वितरण गरिने भएको हो । ईच्छुक कृषक,कृषक समुह,सहकारी,निजी फर्म, विद्यालय/कलेज स्थानीय उपभोक्ता समिति तथा वडा कार्यलयले फगुन ९ गते सम्ममा पालिकाको कृषि शाखामा आवश्यक कागजपत्र सहित निवेदन पेश गर्न गाउँपालिकाले आग्रह गरेको छ ।


तपाईको प्रतिक्रिया