म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे । स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा वाल्करले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीको अग्रता २-० को बन्यो ।

५० औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा स्वान्सीका मोर्गनले एक गोल फर्काएपनि सिटी ३-१ ले विजयी भयो । यससँगै सिटीले सबै प्रतियोगितामा गरि लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाएको छ ।

सिटीले सन् १९८७/८८ को सिजन आर्सनलले बनाएको १४ जितको कीर्तिमान भङ्ग गरेको हो । लेष्टर सिटीले ब्राइटनलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ । लेष्टरको जितमा केलिचीले निर्णायक गोल गरे ।


तपाईको प्रतिक्रिया