स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने जनाएको  छ ।

निजी क्षेत्रको  अस्पतालमा  समेत  कोरोना परीक्षणको शुल्क घटेको छ ।  सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ  घट्न  थालेपछि  मन्त्रालयले कोरोनाको उपचार शुल्क अस्पतालमा   मात्र   निःशुल्क   हुने  स्पस्ट पारेको हो ।

अबदेखि निजी    क्षेत्रका    अस्पतालहरूको बिल  सरकारले  भुक्तानी  दिँदैन ।’’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले   सङ्क्रमितको   सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए ।

गौतमका  अनुसार  मन्त्रालयले कारोना  परीक्षणको  शुल्क  पनि  दुई हजारबाट  घटाएर  एक  हजार  मात्र पु¥याएको  छध्र  अबदेखि  कोरोना परीक्षणको   शुल्क   सरकारी   तथा निजी   प्रयोगशालामा   एक   हजार  तिर्दा हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढङ्गेलले लेखेका छन् ।


तपाईको प्रतिक्रिया