काभ्रे (धुलिखेल) – जिल्लामा आज ३ जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार ३ जना संक्रमणमुक्त भएसँगै काभ्रेमा अहिले ६ जना महिला र ९ जना पुरुष गरी १५ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाका कुल संक्रमित संख्या ३३ सय ४४ मध्ये ३२ सय ८४ जनाको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म काभ्रेका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

देशभर सञ्चालन भइरहेको कोरोना विरुद्धको खोपको पहिलो चरणको कार्यक्रममा जिल्लाका ३४ सय ९४ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको जानकारी छ ।


तपाईको प्रतिक्रिया