बंगलादेशले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टका लागि सौम्या सरकारलाई टिममा समावेश गरेको छ । अलराउण्डर शकिब अल हसन चोटको कारण टिम बाहिर रहेपछि बंगलादेशले सौम्या सरकारलाई टिममा बोलाएको हो ।

घरेलु टिम बंगलादेशले वेस्ट इन्डिजसँग दुई टेस्टको सिरिज खेलिरहेको छ । सिरिजमा बंगलादेश १-० ले पछि रहेको छ ।पहिलो टेस्टमा वेस्ट इन्डिजले बंगलादेशलाई ३ विकेटले हराएको थियो । दोस्रो तथा अन्तिम टेस्ट फेब्रुअरी ११ मा सुरु हुनेछ ।

उक्त खेल शकिबले गुमाउने छन् शकिबले पहिलो टेस्टको दौरान चोट बोकेका थिए । उनको खुट्टाको फिलामा समस्या देखिएको बताईएको छ । शकिबको स्थानमा अब सौम्या सरकारले दोस्रो टेस्ट खेल्न सक्ने सम्भावना रहेको छ । एजेन्सी


तपाईको प्रतिक्रिया