फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटको कारण डी मारियाले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको पहिलो लेग खेल गुमाउने भएका हुन् । पीएसजी र बार्सिलोनाबीचको पहिलो लेग खेल फेब्रुअरी १६ मा हुनेछ । खेल बार्सिलोनाको मैदानमा हुनेछ ।

‘डी मारिया क्याम्प नाउको भ्रमणमा हुने छैनन्,’ मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले भनेका छन् । डी मारियाले फ्रेन्च लिग वान अन्तर्गत मार्सेलीसँगको खेलमा चोट बोकेका थिए । जुन खेल पीएसजीले २-० ले जितेको थियो ।

उनलाई ‘थाई मसल इन्जुरी’ भएको बताईएको छ । ३२ वर्षीय मिडफिल्डर पीएसजीको मुख्य खेलाडीमा पर्छन् । तर, अर्जेन्टाइन डी मारियाले चोट बोकेपछि पीएसजीलाई समस्या थपिएको छ । एजेन्सी


तपाईको प्रतिक्रिया