काभ्रे (तेमाल) – तेमाल गाउँपालिका दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी वडा न ८ ले पाएको छ । गाउँपालिकाको वडा न ७ स्थित चापाँखोरी रङ्गशालामा आज भएको खेलमा वडा न ९ लाई ट्राइब्रेकरमा हराउँदै वडा न ८ ले उपाधी पाएकोे हो ।

निकै प्रतिस्प्रर्धात्मक खेलको र्निधारित समयमा पनि गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । वडा न ८ ले वडा न ९ लाई ८–७ गोलले पराजित गर्दै उपाधी हात पारेको थियो । उक्त प्रतियोगिताको तेस्रो स्थान वडा न ७ ले जितेको छ । वडा ७ ले वडा न ५ लाई १–० गोल हराएको थियो ।

प्रतियोगिताको प्रथम हुने वडा न ८ ले दुई लाख नगद सहित शिल्ड र मेडल हात पार्न सफल भएको छ । त्यस्तै उपविजेता वडा न ९ ले एक लाख ५० हजार, तृतिय हुने वडा न ७ ले एक लाख र सान्त्वना पुरस्कार वडा न ५ ले ५० हजार रुपियाँ प्राप्त गरेको थियो । विजेतालाई संविधान सभा सदस्य तीर्थ लामा, तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङले पुरस्कार हस्तान्तरण गरेका थियो । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नं ९ का दिनेश दोङ, उत्कृष्ट गोल किपर वडा नं ८ का बुद्ध घिसिङ तामाङ र प्रतियोगिताको सर्वाधिक गोलकर्ता वडा नं ९ का दिपक तामाङ हुन सफल भए । यी उत्कृष्ट तीन खेलाडीले नगद रू. ५/५ हजार प्राप्त गरे ।

तामाङ समुदायको मुख्य चाड सोनाम ल्होसार अवसरमा भएको माघ २५ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा नौ वडाका नौ वटा टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल, वडा न ७ का वडा अध्यक्ष एवम् प्रवक्ता ज्ञानबहादुर तामाङ, वडा न ८ का वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङ, वडा न ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा लगायतको उपस्थिती रहेको थियो । तेमाल गाउँपालिका खेलकुद विकास समितिले उक्त प्रतियोगिताको आयोजना गरेको थियो ।


तपाईको प्रतिक्रिया