काभ्रे (धुलिखेल) – जिल्लाको महाभारत गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । पालिकाको २२ गते बसेको कार्यपालिका बैठकले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ल्होछारका लागी माघको २९, ३० र फागुन १ गते सार्वजनिक बिदा दिने निणर्य गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी सिंह विष्टले जानकारी दिए।

 

यसैगरी ल्होछारको अवसरमा मण्डनदेउपुर नगरपालिकामा पनि सार्वजनिक बिदा दिइने भएको छ । नगरपालिका अन्र्तगतका नगरकार्यपालिकाको कार्यलय, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र गैर सरकारी संस्थाहरुलाई माघ ३० गतेका दिन बिदा दिने निर्णय गर्दै नगरपालिकाले सूचना प्रकाशित गरेको छ ।


तपाईको प्रतिक्रिया