काभ्रे (धुलिखेल) – जिल्लामा आज एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार आज थपिएका संक्रमित पनौती नगरपालिकाका पुरुष रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ सय ४३ पुगेको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार जिल्लामा अहिले ७ जना महिला र १० जना पुरुष गरी १७ जना सक्रिय कोरोना रहेका छन् । काभ्रेका कुल कोरोना संक्रमितमध्ये ३२ सय ८१ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लाका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

देशभर सञ्चालन भइरहेको कोरोना विरुद्धको खोपको पहिलो चरणको कार्यक्रममा जिल्लाका ३४ सय ९४ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको जानकारी छ ।


तपाईको प्रतिक्रिया