काभ्रे (धुलिखेल) – कोभिडको पारेको प्रभावका विषयमा साना व्यवसायीहरुसँग छलफल गरिएको छ । एकाउन्टबिलिटि ल्यब काठमण्डौको आयोजनामा कोभिडको कारण समुदायमा सबै व्यवासयीहरुमा देखिएको असर, चुनौतीको विषयमा आज (आईतबार) छलफल गरिएको हो ।

अन्र्तक्रिया छलफलमा कोरोना सम्बन्धी सूचना प्रभाव, कोभिड सन्देश, नेपाल सरकार राष्ट्र बैक मार्फत दिने सहुलियत अनुदान ऋण, स्थानीय सरकारले गरिने सहयोगहरुको विषयमा छलफल गरिएको थियो । छलफलमा एकाउन्टबिलिटि ल्यबको प्रतिनिधि रोजन तामाङले गरिएको सहजिकरणमा कोभिड सम्बन्धी रेडियो कार्यक्रम सुनाएर अन्र्तक्रिया गरिएको थियो । कोरोनाको समयमा धेरै जसोले रेडियोमार्फत नै सूचना सुन्ने गरेकाले रेडियोमार्फत प्रशारण गरिएको सूचना नै प्रभावकारी भएको सहभागीहरुले बताएका छन् ।

छलफलमा सहभागि धुलिखेल वडा नं ८ का स्थानीय साना व्यवसायी होटल संचालक मञ्जु अधिकारीले कोरोनाकै कारण साना होटलहरुमा चुनौती थपिएको बताईन् । धुलिखेल पर्यटकियरुपमा हेर्ने गरिन्छ । कोरोनाकै कारण बिच समयमा धेरै जसो साना व्यवसायीहरु मारमा परेको आफू जस्तै केहि व्यवसायी कोरोनाकै कारण पेशा छोडेर अन्य पेशा गर्न बाध्य भएको अवस्था देखिएको अधिकारीले बताईन् । कोरोनाबाट चिया पसल जस्ता साना व्यवसयीहरुदेखि स्वरोजगार दिने ठूला व्यवसायीहरुमा असर देखिएको र रोजगारको दर समेत कम भएको सुपरनोभा तालिम केन्द्र धुलिखेलका प्रमुख लक्ष्मीराज शाहले बताए ।

कोभिडको समयमा साना चिया पसलदेखि ठूल–ठला होटलहरु सबै क्षेत्रमा उत्तिकै असर देखिएको थियो । कार्यक्रममा नेपाल सरकारले कोरोनाको प्रभावमा परेका साना व्यवसायीहरुलाई के कस्तो योजनाहरु ल्याएको छ ? स्थानीय , प्रदेश र केन्द्र सरकारले कोरोना प्रवाभित समुदायहरुको लागि के कस्तो योजनाहरु ल्याएको छ ? उनीहरुले कस्ता खालको योजनाहरु ल्याउन चाहेका छन् बन्ने विषयमा छलफल गरिएको थियो ।

 


तपाईको प्रतिक्रिया