युएईमा आयोजना भएको टी(१० लिगको उपाधि नर्दन वारिवर्सले जितेको छ । शनिबार राति भएको फाइनलमा दिल्ली बुल्सलाई ८ विकेटले हराएर वारिवर्सले उपाधि जितेको हो ।

आबुधाबीमा बुल्सले दिएको ८२ रनको लक्ष्य वारिवर्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । वारिवर्सको जितमा वासिम मुहमदले २७ रन जोडे । कप्तान निकोलस पुरनले १२ रन बनाए ।

रोभम्यान पावेल १६ रनमा अविजित रहदा सिमोन्स १४ रनमा अविजित रहे । बुल्सका फिडेल एड्वार्ड्स र सिराज अहमेदले १-१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बुल्सले १० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो । बुल्सका मोहमद नाभीले २१ रन बनाए ।

रहमानउल्लाह गुर्बाजले १३ तथा इभिन लेविसले १० रन बनाए । वारिवर्सका महेशले ३ विकेट लिए । प्रतियोगितामा वारिवर्सका निकोलस पुरन प्लेयर अफ दि टुर्नामेन्ट चुनिए । यस्तै सोहिल अख्तर उत्कृष्ट ब्याट्सम्यान र क्रिस जोर्डन उत्कृष्ट बलर चुनिए । युएई प्लेयर अफ दि टुर्नामेन्ट मुहमद वासिम घोषित भए । एजेन्सी 


तपाईको प्रतिक्रिया