काभ्रे (धुलिखेल) – जिल्लामा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै आज ३ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना पुरुष र रोशी गाउँपालिकाबाट १ जना महिला गरी ४ जना कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ सय २८ पुगेको छ । जसमध्ये ३२ सय ५६ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले २७ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ ।

कोरोना संक्रमणका कारण एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा नगरपालिकाका ६६ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा माघ १२ गते मृत्यु भएको कार्यालयका प्रमुख डा.झाले जानकारी दिए । उनका अनुसार मृतकमा माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको कार्यालयको जानकारी छ ।


तपाईको प्रतिक्रिया