काभ्रे (मंगलटार) – ईलाका प्रहरी कार्यालय मंगलटारले लागु औषधि सहित दुई जनालाई पक्राउ गरेको छ । बि.पी. राजमार्गमा चल्ने सवारी साधनहरु चेक जाँच गर्ने क्रममा लागु औषध सहित दुई जना यात्रुलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला चौरिदेउराली गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय शम्सेर घिसिङ र सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. २ बस्ने २७ वर्षीय अजित कामत रहेका ईलाका प्रहरी कार्यलय मंगलटारका ईन्सपेक्टर शेखर खड्काले बताए ।

उनीहरुको साथबाट नाईट्राभेट–१० नामक लागुऔषध २८ पत्ताको ८४० गोली, डाईजापान ईन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान र फेनारागन १० थान फेला परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । उनका अनुसार उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको र उक्त विषयमा थप अनुसन्धान भईरहेको छ ।


तपाईको प्रतिक्रिया