काभ्रे (बनेपा) – दिपेन्द्र श्रेष्ठको अभिनयमा ‘भयो हाम्रो भेट’ बोलको गीत सार्वजनिक भएको छ । गायिका सुमित्रा सत्याल र रमेश श्रेष्ठको स्वरमा गीत बजारमा आएको छ । मिलन फिल्मस् युटुब च्यानलबाट गीत सार्वजनिक भएको हो ।

गीतमा रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु बिरही सापकोटले गरेका छन् । काठमाण्डौको विभिन्न रमणीय स्थानमा विपिन क्षेत्रीले गीतको छायाँकन गरेका छन् ।

उक्त गीतमा रोशन धितालले सम्पादन गरेका छन भने गीतको भिडियोमा अरबिन्द्र गौतम, रानिया भण्डारी, दिपेन्द्र श्रेष्ठ र निशा मगरको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुस् : 

 


तपाईको प्रतिक्रिया