काभ्रे (धुलिखेल) – जिल्लामा आज संक्रमित संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ४ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् ।

काभ्रेका कुल कोरोना संक्रमित संख्या ३३ सय २४मध्ये ३२ सय ५३ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार बनेपा नगरपालिकामा ९ जना महिला ५ जना पुरुष, धुलिखेलमा २ जना महिला र २ जना पुरुष, पनौतीमा २ जना महिला र जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ जना पुरुष, भुम्लु गाउँपालिकामा १ जना पुरुष र तेमाल गाउँपालिकामा १ जना पुरुष गरी जिल्लामा अहिले २६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै अहिले पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोली गाउँपालिका, रोशी गाउँपालिका र चौरीदेउराली गाउँपालिकामा संक्रमित संख्या शून्य रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिलेसम्म जिल्लाका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


तपाईको प्रतिक्रिया