काभ्रे (धुलिखेल) – जिल्लामा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

मृतक संक्रमित पनौती नगरपालिकाका ७४ वर्षिय पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार पौष २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

जिल्लामा अहिले १६ जना महिला र १४ पुरुष गरी ३० जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । काभ्रेका कुल संक्रमित संख्या ३३ सय २४ जनामध्ये ३२ सय ४९ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् ।


तपाईको प्रतिक्रिया